बिजनबारी: गत केही दिन अघिदेखि परेको अविरल वर्षाले गर्दा पुल बिजनबारी गोक समष्टि अधीनस्थ भलायो डाँडा अनि रङ्गदु पिङडाँडामा भीषण पैह्रो गएपछि बिजनबारीदेखि छिमेकी राज्य सिक्किमसित जोड्ने मुख्य सडक बाधित बनेको छ। गोजमुमो 2 पुल बिजनबारी गोक समष्टिका सदस्य माणिकुमार राईको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले आज उक्त पैह्रोग्रस्त क्षेत्रको स्थालगत भ्रमण गर्यो।

उक्त टोलीले पैह्रो क्षेत्रको निरीक्षण गरेपछि सम्बन्धित निकायसँग सम्पर्क गरेर चाँडै नै सडक खुलाउने साथै उक्त क्षेत्रको पैह्रोको चपेटामा पर्ने घर परिवारहरूलाई पार्टीको तर्फबाट हरसम्भव सहयोग पुर्याउने पनि वचन दिएको छ। अर्कोतिर, जीटीए प्रशासनको पहलमा पीएमजी एसवाई मोनिटियरिङ सेलका कर्मचारीहरूले पनि पैह्रो ग्रस्त क्षेत्रको निरीक्षण गरेर सडकलाई चाँडै खोल्ने गर्ने आश्वासन दिएका छन्।
