गोजमुमो 2 त्यागेर तकदाह टिस्टा भेल्ली समष्टिका 3 सयभन्दा अधिक बिमल खेमामा सामेल

तकदाह : गोजमुमो बिमल खेमाको तकदाह टिस्टा भेल्ली समष्टिको सभा टिस्टा भेल्ली रङ्गशाला भवनमा आज पार्टी अध्यक्ष बिमल गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भयो। यस अवसरमा समष्टिका लगभग 3 सयभन्दा अधिक मानिसहरूले गोजमुमो 2 अनित खेमालाई त्यागेर बिमल खेमालाई समर्थन जनाए। ती समर्थन जनाउनेहरूलाई बिमल गुरूङले खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *