गोजमुमो अनित खेमाको वार्ड नम्बर 10 मा सांगठनिक सभा सम्पन्न

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 10 मा गोजमुमो अनित खेमाको एउटा साङ्गठनिक सभा सम्पन्न भयो। समीक्षा सभा साथै प्रशाखा गठनको निम्ति गरिएको यस सभाको अध्यक्षता वार्ड पार्षदिका डोल्मा जिम्बाले गरेकी थिइन्। सभामा टाउन कमिटी संयोजक समीर दिप ब्लोन, प्रचार प्रसार सचिव बीरबल पाखरीन, साङ्गठनिक सचिव दिपेन सेवा, 28 नम्बर समष्टी सचिव श्याम शेर्पा, टाउन कमिटी युवा मोर्चा सभापति सन्दिप प्रधान र टाउन कमिटी नारी मोर्चा सभापति सबिता कार्की, उप सभापति रिता सेवा, मूल सचिव दिपा छेत्री, सह सचिवद्वय अन्जु कार्की र निर्मला बराईली अनि नारी मोर्चा केन्द्रिय समिति सचिव मैया ठकुरी, वार्डको तीनैवटा विङका सभापति तथा सचिव अनि सदस्यहरू उपस्थित थिए। सभालाई टाउन युवा मोर्चाको तर्फबाट स्वेचा कार्कीले सम्बोधन गर्दै अनित थापाको सोच अनि भनाई जुन चाहि शिक्षित जमातलाई अघि राखेर काम गर्नु पर्छ भन्ने कुरालाई मन पराएर पार्टीमा सम्मिलित भ‌एको बताइन्। तिनले राजनीतिको माध्यमबाट समाज सेवा गर्ने इच्छा जाहेर गरिन्। यसैगरी, टाउन कमिटी नारी मोर्चा मूल सचिव दिपा छेत्री अनुसार बिगतको लोकसभा चुनाउको परिणामको श्रेय वार्डको प्रतिनिधिहरूलाई दिइन्। समाज सुधार अनि सामाजिक कार्यहरूको निम्ति नै आफुहरूले राजनीति गरिरहेको बताइन्। 28 नम्बर समष्टि सचिव श्याम शेर्पाले आज पनि द्वारे सरकार शिविर अनि नगरपालिकाको विकास बिषयमा उपस्थित सबैलाई जानकारी गराए। उनले लक्ष्मी भण्डार स्किमको पैसा लिएर बाहिर बाँडेको फारम नचल्ने र द्वारे सरकारको शिविरबाट पाएको फारम मात्र मान्य हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *