बिजनबारी : पश्चिम बङ्गाल विद्युत विभाग फोर जिरो लोअर रेलिङ आईबी कार्यालयमा गोजमुमो भूमिहारा जोइन्ट एक्सन कमिटीका संयोजक सतिश पोखरेल अनि प्रतिनिधि टोलीले बिजुली विभागीय अधिकारीलाई भेट गरेर ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापनमा लिटल रङ्गीत प्रोजेक्टको जमीन छिनो फानो हुनुपर्छ तथा दङ्गेदेखि फोर जिरोसम्म जमीनदातालाई क्षतिपूर्ती दिनुपर्ने माग गरेको छ। विद्युत विभागले पावर हाउससम्मको पानीको च्यानल पक्की बनाइनु पर्ने, पैह्रोले गर्दा च्यानल लाइन जाने बाटो बन्द भएकोले यता शिघ्र सफाई गरिदिनुपर्ने तथा लोवर रेलिङ विद्युत केन्द्र जाने बाटो पुन: निमार्ण गरिदिनुपर्छ भनी माग गरेका छन्। यसको साथै क्षेत्रमा विद्युत केन्द्र भए तापनि विद्युत अनियमितताको समस्यालाई समाधान गरिदिनुपर्छ भनेर ज्ञापनपत्र चढाएको डीबी सुब्बाले जनाएका छन्।
