गोजमुमो भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टि कमिटी गठन

खरसाङ : भूतपूर्व सैनिक, अर्ध सैनिक संगठनको तीनधारे महानदी समष्टी स्तरीय सभा भूतपूर्व सैनिक जीवन थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा भूतपूर्व सैनिक संगठन तीनधारे महानदी समष्टी स्तरीय कमिटी गठन गरियो। उक्त सभामा प्रमुख अतिथिको रुपमा गोजमुमो खरसाङ महकुमा समितिको महासचिव अनोश थापा, विशिष्ट अतिथि भूतपूर्व सैनिक संगठन दार्जिलिङ जिल्लाको पूर्व सचिव एवं वर्तमान जीटीएका सल्लाहकार अवकाशप्राप्त कर्णल केशव राई, गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टीको कार्यकारी सभापति सीबी राई, तीनधारेको संयोजक कर्म मोक्तान उपस्थित थिए। सभामा पूर्व सैनिक हेमराज गुरुङले स्वागत सम्भाषण राखे भने गायक कर्म मोक्तानद्वारा देशभक्ति गीत अनि अर्जुन योञ्जनद्वारा कविता पठन गरिएको थियो। सभामा प्रमुख अतिथि गोजमुमो खरसाङ महकुमा समितिको महासिचव अनोश थापा, विशिष्ट अतिथि पूर्व कर्णल केशव राई लगायत भूतपर्व सैनिक संगठन खरसाङ महकुमाको सचिव पुरण थापा, महानदीका हेमन्त गुरुङ, दावा गोले आदिले वक्तव्य राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet giriş