गोजमुमो बिमल खेमा प्रतिनिधि टोलीले गरे शहीदका परिवारसित भेट

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाका एउटा प्रतिनिघि टोलीले आज शहीद रमला राईको घरमा गएर तिनका परिवारका सदस्यहरूसँग भेटघाट गरे। नारी मोर्चा अध्यक्ष उर्मिला रुम्बाको नेतृत्वमा गएको उक्त टोलीले शहीद रमला राईका परिवारका सदस्यहरूसित भलाकुसारी गर्दै शहीदको योगदान त्यसै खेरो जान नदिने आश्वासन पनि दिएको बताइएको छ।


यसको साथै तिनीहरूले शहीद रमला राईको शहीद वेदीमा गएर खदा चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा अध्यक्ष उर्मिला रुम्बाबाहेक तिलक छेत्रीको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş