रिम्बिक: स्थानीय गाउँवासीलाई राहत पुर्याउने मुख्य उद्देश्यको साथमा रिम्बिक लोधोमा समष्टि गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाद्वारा अध्यक्ष बिमल गुरुङबाट प्रदान गरिएको राहत सामग्रीहरू सँगै पहिरो पीडित बतासे गाउँवासीहरुलाई तारपोलिन पनि प्रदान गरियो। लकडाउनको कारणले दुर्गम ठाउँ अनि गाउँहरुमा मानिसहरूले धेरै कष्ट अनि दु:ख भोगिरहेकोले यस अवधि पार्टी अध्यक्ष बिनल गुरुङको सहयोगमा खाद्य सामग्रीहरू सहित पहिरो पीडितहरूलाई तारपोलिन वितरण गरेकोमा गाउँवासीको तर्फबाट निम छिरिङ शेर्पाले समष्टि प्रतिनिधिहरु अनि पार्टी अध्यक्षलाई आभारसहित कृतज्ञता प्रकट गरेका छन।

यस वितरण कार्यक्रममा समष्टि प्रतिनिधिहरु नरेन्द्र काम्बाङ, भक्त खड्का, मणिकुमार सुब्बा, ओमकुमार छेत्री, टिनु पेडिवल, युवराज मादेन, ईश्वर लिम्बू, मिङमा शेर्पा, दिनेश छेत्री अनि शाखा समितिका विनोद राई, सुनिल राई आदि विशेष रूपमा उपस्थित थिए।
