खरसाङ: गोजमुमो बिमल खेमा केन्द्रीय समिति सदस्य मार्टिन प्रधानले पार्टीको केन्द्रीय समिति अनि साधारण सदस्यबाट राजीनामा दिएका छन्। तिनले राजीनामा दिएको जानकारी दिँदै गत 26 जून 2021 का दिन दार्जिलिङ केन्द्रीय समितिको सभा बसेको थियो र उक्त सभामा सर्वसम्मतिद्वाका प्रस्ताव पारित गरेर खरसाङ महकुमा समितिलाई पूर्ण रूपले विघटन गरी 10 दिनसम्म अर्थात 6 जुलाई 2021 सम्ममा नयाँ महकुमा समिति गठन गर्नुपर्ने निर्णय लिएको र अध्यक्ष बिमल गुरुङ आफैले 10 दिनमा गठन गर्ने निर्णय लिए तापनि हालसम्म दुई महिनाभन्दा बेसी समय बित्दा पनि कुनै महकुमा समिति र शाखा प्रशाखा कमिटीहरू गठन नभएको र पार्टीको संविधान अनुसार केही नभएकोले आफूले केन्द्रीय समिति सदस्य तथा साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए। बिमलपन्थीको केन्द्रीय सदस्य मार्टिन प्रधानले आफू पनि केन्द्रीय समितिको सात सदस्यीय टोलीमा रहेको र अहिलेसम्म पनि महकुमा समिति र शाखा-प्रशाखा कमिटीहरू गठन गर्न नसकेको र यसमा आफू समेत दायी रहेको बताए। तिनले 2007 को अक्टोबरदेखि आफूले पाएको पार्टीको झण्डा पनि 2007 देखि सम्हालेर राखेपछि आज उक्त झण्डा फिर्ता गरिदिने जानकारी गराएका छन्।
