गोजमुमो बिमल खेमा तथा हिल तृणमूलको नागरी फार्ममा संयुक्त सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा तथा हिल तृणमूल कङ्ग्रेस नागरी फार्मको संयुक्त सभा लाइन धुरा परिसरमा आज सम्पन्न भयो। आज अपरान्ह सम्पन्न गरिएको संयुक्त सभामा दुवै पार्टीका शाखा पदाधिकारी एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर बिमल खेमा प्रार्थी पीटी ओलाको जीत सुनिश्चित गर्न चुनाउ प्रचारमा लागिपर्ने ठहर गरियो।


दुवै पार्टीले संयुक्त रूपमा चुनाउ प्रचार गर्ने साथै ओलाको जीतको निम्ति डटेर लागिपर्ने सभामा वक्ताहरूले मन्तव्य जाहेर गरे। यसको साथै गोजमुमो बिमल खेमाको दार्जिलिङ आसनका प्रार्थी पीटी ओलाको पक्षमा मतदान गर्ने सबैसित अपील पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *