गोजमुमो बिमलपन्थीद्वारा खरसाङमा शहीद दिवस पालन

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा बिमल गुरूङ खेमाका सदस्यहरूले खरसाङको सिरूबारीमा गीद्धपहाड समष्टिको आयोजनामा बुधवार बेलुकी सात बजी गोर्खाल्याण्ड आन्दोलनमा शहीद हुने बीर सपुतहरूलाई श्रद्धाञ्जली अर्पण गर्न श्रद्धाञ्जली सभाको आयोजना गरियो। पार्टीको खरसाङ महकुमा समिति सहयोग सचिव विवेक मोक्तान, नारी मोर्चा नेत्री तथा खरसाङ नगरपालिका भूतपूर्व नगर पार्षद शोभा छेत्री लगायत अन्य नेतृत्वहरूको उपस्थितिमा सम्पन्न सभामा गोर्खाल्याण्डको निम्ति शहीद हुने बीर सपुत तथा भर्खरै भारत-चीनमाझको संघर्षमा शहीद भएका भारतीय सैनिकहरूको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेर धूप-दीप प्रज्वलन गरियो। यस अवसरमा उपस्थित वक्ताहरूले शहीदहरूको त्याग र बलिदान त्यसै खेर नजाने तथा सम्पूर्ण गोर्खाहरुको सपना छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आफूहरू सदैव लड्ने तथा शहीदहरूको सपना पूरा गर्ने प्रतिज्ञा पनि लिए भनी शोभा छेत्रीले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş