गोजमुमो विनय खेमा सौरेनी समष्टिको सभा

मिरिक : गोर्खा जनमुक्ति मोर्चा सौरेनी समष्टिको तराई संलग्न दुईवटा बुथ समिति र 6 वटा शाखा समितिका प्रतिनिधिहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। पुनम शर्माद्वारा सञ्चालित सभामा 6 वटा शाखाको प्रतिनिधिहरूले आ-आफ्नो सांगठनिक रिपोर्टहरू पेश गरे। सभामा अरुण सिंगचीले साधारण मानिसहरूको गुनासो सुने। पहाडका जनताले भाजपालाई मतदान गरेर विजय बनाए तापनि हालसम्म भाजपाले कुनै पहल नगरेको केवल आश्वासन मात्र दिने गरेको तिनले बताए। क्षेत्रीय राजनैतिक दलले नै जनताको समस्या समाधान गर्छ भन्दै हाल जीटीएले द्रुत गतिमा कार्य गरिरहेको तिनले सबैलाई अवगत गराए। केबी मुखियाको अध्यक्षतामा सम्पन्न सभामा गोजमुमो मिरिक महकुमा समितिका सचिव अरुण सिंगची, मोर्चा नेताहरू सौरेनी समष्टिका सचिव बिनय सुब्बा, मिरिक महकुमा समितिका सांगठनिक सचिव बिदुर गुरुङ, सौरेनी समष्टिका प्रचार सचिव गंगा प्रधान, सतिस राई, देवराज प्रधान, 24/159 बुथ समितिका अध्यक्ष केपी शर्मा, सचिव बिशाल राई, 24/160 बुथ समितिका अध्यक्ष किरण राई, सचिव बाबुराम प्रधान, युवा मोर्चा सौरेनी समष्टिका सचिव समीरण बरदेवा, सौरेनी समष्टिका कोषाध्यक्ष दुर्गा नारायण प्रधान आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom