गोजमुमो विनय खेमाका 31 जना युवा कार्यकर्ताहरूद्वारा सामूहिक राजीनामा

कालेबुङ : कालेबुङ जिल्लाको 35 बोङ-दूर्पीन समष्टि अन्तर्गत बोङ खासमहल क्षेत्रका गोजमुमो विनयखेमाको युवा मोर्चा शाखा अध्यक्ष कैलाश खड्का, महासचिव सञ्जय राई, सहसचिव इन्द्र सुब्बा, कोषाध्यक्ष पदम खड्का लगायत 31 जना सक्रिय युवा कार्यकर्ताहरूले आज सामूहिक राजीनामा दिएका छन्। कालेबुङ जिल्ला गोजमुमो विनय खेमाका चारजना शीर्ष नेतृत्वहरूले राजीनामा दिएको घोषणा गरेपछि लगातार पार्टी त्याग्ने क्रम बढिरहेको छ। पार्टीको गलत निर्णयको कारण नै आफूहरूले सामूहिक राजीनामा दिन बाध्य भएको गोजमुमो विनय खेमाका युवाहरूले बताएका छन्। यस क्षेत्रको अभिभावक नै अब यस पार्टीमा नरहेपछि आफूहरू बसिरहनुको कुनै औचित्य नरहेको तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *