गोजमुमो छोडेर भा-तकभर बिर्खे धुराका 40 घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ : तकभर समष्टि  भा-तकभर बिर्खे धुराका 40 घर परिवारले गोर्खा जनमुक्ति मोर्चा पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। तकभर समष्टिका नेतृत्वहरूले संगठनलाई अझ बलियो बनाउने क्रममा सांगठनिक गतिविधिलाई तीव्रता दिइरहेकोले आज भा-तकभर बिर्खे धुराका 40 परिवार गोजमुमो त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।


ती सामेल हुनेहरूलाई पार्टीका नेतृत्वहरू दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, महासचिव अमर लामा, केशवराज पोख्रेल लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *