गोजमुमोद्वारा होम आइसोलेशनमा राखिएकाहरूलाई खाद्य सामग्री वितरण

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको सिविटार चियाबारी र नयाँ कमान क्षेत्रमा गोजमुमोद्वारा खाद्यन्न वितरण गरेका छन्। यस क्षेत्रमा केही दिन अघि रेपिड एन्टीजेन टेस्ट गर्दा पोजिटिभ पाइएको थियो जसको कारणले तिनीहरूलाई आइसोलेशनमा राखिएको छ । सिविटार चियाबारीको 12 नम्बर गाउँमा जम्मा 14 जनाको रिपोर्ट पोजिटिभ आएपछि सबैलाई स्वास्थ्य विभागको निगरानीमा होम आइसोलेशनमा राखिएको छ भने नयाँ कमानमा पनि रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेशनमा राखिएको छ । यी दुवै क्षेत्रमा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे महानदी समष्टिको सांगठनिक सचिव उत्तम छेत्री, सिविटार बुथ कमिटीको कार्यकारी सभापति कुसाङ लामा लगायात आशाकर्मीहरू उपस्थित थिए। दुवै क्षेत्रमा होम आइसोलेशनमा राखिएकाहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom