गोजमुमोको डीटीडीपीएलयु खरसाङ महकुमा कमिटीमा फेरबदल

खरसाङ : खरसाङको नयाँ बजारस्थित टाउन हलमा गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनको एक सभा बसेर खरसाङ महकुमा समितिको कमिटीमा फेरबदल गरिएको छ।  उक्त सभा गोजमुमो केन्द्रीय कार्यकारी अध्यक्ष अनित थापाको उपस्थितिमा सम्पन्न भयो। सभामा सम्पूर्ण खरसाङ महकुमा समितिका पदाधिकारीगण, कार्यकारिणी सदस्यगण, जोनल समितिका सभापति, सचिव ,कार्यकारिणी सदस्यगण, शाखा समितिका सभापति, सचिवहरु उपस्थित भएका थिए। सभामा केन्द्रीय समितिका सभापति करुणा गुरुङ, सचिव भरत ठकुरी, कार्यकारी अध्यक्ष जेबी तामाङको विशेष उपस्थिति रहेको थियो। उक्त सभामा अनित थापालाई हामीले दिएको समर्थनलाई हामी दिगो राख्नेछौं भनी डीटीडीपीएलयु-ले प्रतिबध्दता जाहेर गर्दै डीटीडीपीएलयु खरसाङ महकुमा समितिमा आज फेरबदल गरिएको छ। गोजमुमो केन्द्रीय समितिले अनित थापालाई कार्यकारी अध्यक्ष बनाएपछि खरसाङ महकुमा समितिको सचिवको पदमा डीटीडीपीएलयु खरसाङ महकुमा समितिको अध्यक्ष प्रणाम रसाईलीलाई राखिएको छ अनि डीटीडीपीएलयुको खरसाङ महकुमा समितिमा अध्यक्षको खाली रहेको पदमा सागर गुरुङ अनि सचिवको पदमा भक्तिमान तामाङलाई चयन गरिएको छ।  त्यसरी नै डीटीडीपीएलयुको केन्दीय समितिमा रिक्त रहेको कोषाध्यक्षको पदमा सपन राईलाई चयन गरिएको छ। उक्त फेरबदलको घोषणा डीटीडिटीपिटीएलयु केन्द्रिय समितिको मूल सचिव भरत ठकुरीले गरेका छन्। सभामा गोर्खा जनमुक्ति मोर्चाका कार्यकारी अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा भातृ संगठनलाई आजसम्म हामीले पार्टीको मूलधारदेखि टाडा राखेर नै काम गर्यौं तर अब त्यसो हुने छैन, ट्रेड युनियन हाम्रो मेरुदण्ड हो अनि मेरुदण्ड जस्तै युनियनप्रति हाम्रो व्यवहार रहनेछ भनी बताए। तिनले अझ भने, अब यो पार्टी मेरो नेतृत्वमा आएको छ, पार्टीलाई परिवर्तन चाहिएको छ, म परिवर्तन ल्याएर नै अघि बढ्नेछु, पहाडको राजनीतिमा यथार्थको कमी छ, भावना बढी छ र म यथार्थको राजनीति गर्छु, पहाडमा म उफ्रेर कोलकता अनि दिल्ली चलमलाउँदैन। यसो गर्नु भावनाको राजनीति गर्नु मात्र हो। तर पहाडलाई चाहिएको रोजगार, पानी, विकास उफ्रेर होइन, सम्बन्धित निकाय अनि ठाउँमा पुगेर, सम्बन्ध बढाएर मात्र गर्नु सकिन्छ।  हामीले गर्ने अबको विकास सार्वजनिक अथवा सामुहिक विकास हुनेछ, काम गर्दा नढाँटी काम गरौं र तपाईंको एक झुट पार्टीले बोलेको झुट हुन्छ, पार्टी भनेको परिवार हो अनि परिवार झैं काम गरौं भनी तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *