खरसाङ : भारतको 72औँ गणतन्त्र दिवस गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिद्वारा पार्टी कार्यालयमा पालन गरियो। यस अवसरमा गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारिणी अध्यक्ष समीरदिप ब्लोनले राष्ट्रिय झण्डा उत्तोलन गरे। उक्त समारोहमा विशेष गरी खरसाङ महकुमा समिति प्रतिनिधिहरू, नारी मोर्चाका प्रतिनिधिहरू, जुस्लो अनि अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। झण्डा उत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समिति कार्यकारी अध्यक्ष समीरदिप ब्लोनले आज आफूहरूले देशको 72औँ गणतन्त्र दिवस पार्टी कार्यालयमा पालन गरेको जानकारी गराउँदै वर्षमा दुईपल्ट देशको स्वतन्त्रता दिवस र गणतन्त्र दिवस पार्टी कार्यालयमा पालन गर्नेगर्छौं भनी बताए।