खरसाङ: खरसाङ बजारभरिका सम्पूर्ण टेलरहरुलाई लिएर यहाँको गोर्खा पुस्तकालय सार्वजनिक भवनमा खरसाङ महकुमा केन्द्रीय साङ्गठनिक सचिव योगेन राईको पहलमा एउटा सभा बस्यो। यस सभामा खरसाङ टेलर युनियन गठन गरियो, जसमा सबैको सहमतिमा खरसाङ टाउन कमिटी अध्यक्ष अक्तर अन्सारी, सचिव अमिर उल हक, उपाध्यक्ष अनवर अलीलाई चयन गरिएको छ। सभामा खरसाङ महकुमा अध्यक्ष प्रदीप मंगर, महकुमा उपाध्यक्ष राजेश गजमेर, महकुमा केन्द्रीय प्रवक्ता दिपेन्द्र देवान, केन्द्रीय सदस्य जसु रसाइली, कल्पना प्रधान, प्रभा छेत्री, शान्ता थापा, सकुन्तला लामा, खरसाङ महकुमा नारी मोर्चा अध्यक्ष शान्ती राई, सचिव अनु प्रधान, हिरा प्रधान, खरसाङ टाउन कमिटी अध्यक्ष सोनाम लामा, सचिव बिकास तिरूवा, उपाध्यक्ष राजू सेवा आदिको उपस्थिति रहेको थियो।