गोजमुमो सुके मानेभञ्ज्याङ समष्टिको बुथ कमिटी गठन

सुकेपोखरी : आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्रता दिदैँ गोजमुमो विनय पन्थी सुके मानेभञ्ज्याङ समष्टिले समष्टि अधीनस्थ बुथ नम्बर 23/267-मा मोर्चाको बुथ कमिटी गठन गऱ्यो। सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत खोपीडाँडा, गुरदुङ गाउँ लिएर उक्त बुथ कमिटी गठन गरियो। 267 बुथ भित्र पर्ने सम्पूर्ण गाउँका पार्टी समर्थकहरूको व्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा सुकेपोखरी मानेभन्ज्याङ समष्टि सभापति बुद्ध तामाङ, समष्टि संयुक्त सचिव फुर्बा छिरिङ शेर्पा आदिको उपस्थिति रहेको थियो। विनोद तामाङको सभापतित्वमा सम्पन्न सभा दावा तामाङले सञ्चालन गरेका थिए। गोर्खा जनमुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टि सांगठनिक विषय लिएर आएका समष्टि नेतृत्वको उपस्थितिमा अनि सुके मानेभञ्ज्याङ समष्टि अध्यक्ष बुद्ध तामाङ आदिको पर्यवेक्षकमा आज बुथ कमिटी गठन गरियो। सभामा समष्टि सभापति बुद्ध तामाङले सांगठनिक गतिविधि, पार्टीको भावी कार्यक्रम अनि क्षेत्रका निम्ति बूथ कमिटिको आवश्यकताबारे आफ्नो सम्बोधन राखेका थिए। उक्त सभामा बुथ कमिटी पदाधिकारीहरू सभापति दिनेश तामाङ, उप-सभापति तेञ्जी तामाङ, सचिव विनोद तामाङ, सह-सचिव निङगमा शेर्पा, कोषाध्यक्ष शेर बहादुर भुजेल, प्रकाश राई लगायत 10 जनाको कार्यकारिणी सदस्यहरू चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom