गोजमुमो टोलीद्वारा पैह्रो क्षेत्रको भ्रमण

रिम्बिक : रिम्बिकलाई दार्जिलिङसित जोड्ने रमाम हाइड्रोपावर अधिनस्थ रोडको लिङसेबुङमा आएको भीषण पहिरो क्षेत्रको गोजमुमो रिम्बिक लोधोमा समष्टि सभापति नोर्देन शेर्पाको नेतृत्वमा टोलीले भ्रमण गऱ्यो। स्थलगत भ्रमणपछि रमाम हाइड्रोपावरको प्रोजेक्ट म्यानेजरसँग पनि टोलीका सदस्यहरूले भेटघाट गरे। यस अवधि पैह्रो गएको बाटो रमाम हाइड्रोपावर अधिन भएकोले जतिसक्दो चाँडो बाटो खोलाउने पहल गर्ने कम्पनीका अधिकारीलाई अपिल गरे। अर्कोतिर उक्त बाटोको ठुलो हिस्सा बगेकोले बाटो खोलाउन केही समय लाग्ने भएको कम्पनीको प्रोजेक्ट म्यानेजरले जानकारी गराएको बताइएको छ। स्मरण रहोस्,लगातार परेको वर्षाले उक्त बाटोमा आएको पैह्रो आएपछि यातायात पूर्ण रूपले बाधित भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş