गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल कोरोना संक्रमण मुक्त

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा)-का उपाध्यक्ष सतिश पोख्रेलले कोरोना संक्रमणबाट निजात पाएका छन्। तिनले आज स्वास्थ विभागको निर्देशअनुसार 17 दिनको होम आइसोलेसन पुरा गरेका छन् भने केही दिनअघि गरिएको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ विभागद्वारा तिनी स्वस्थ्य रहेको घोषणपत्र प्रदान गरेको बताइएको छ। तिनीसँगै श्रीमती साङ्गिता पोख्रेल र छोरी स्मृति पोख्रेल पनि कोरोनामुक्त भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *