गोक दुई ग्रामको सिङताम साँझबोटेमा रमाम हाइड्रोपावर नजिक पहिरो गएर डेढ एकर जमीन स्वाहा

बिजनबारी: अविरल परेको वर्षाले गोक दुई नम्बरको वार्ड नम्बर आठ सिङताम साजबोटे गाउँ रमाम् हाइड्रोपावर प्रोजेक्ट प्रकल्प तीन नजिक माथिबाट झरेको पहिरोले पदेङ निवासी स्वर्गीय जुन कुमार खवासको लगभग डेढ एकर निजी जमिन झतिग्रस्त बनाइदिको छ। बर्षाको कारणले गर्दा पहिरो झरेको भए तापनि मुख्य कारण प्रोजेक्टको निर्माणाधिन सडकले गर्दा भएको हो भन्ने पीडित पक्षको भनाई रहेको छ। अर्कोतिर, पहिरो जानुमा रोड भएको भए पनि वन बिभागले नाली बनाउनको लागि स्वीकृति ढिलो दिएको कारण उक्त घटना घटेको कम्पनी पक्षको भनाई रहेको छ। स्मरण रहोस, उक्त घटनाले स्थानीय मानिसहरूमा त्रासको माहौल छाएको छ भने पहिरो शुरु भएको ठाउँ वन विभागको रहेको थाहा लागेको छ। यसको साथै सम्बन्धित विभागले चाँडोभन्दा चाँडो पहिरोग्रस्त क्षेत्रमा निरीक्षण गरेर क्षतिपूर्तिको व्यवस्था गरिदिने अपील पीडित पक्षले गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *