गोरामुमो 14 नम्बर वार्ड प्रार्थीको पक्षमा चुनाउ प्रचार

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको निम्ति गोरामुमोको दार्जिलिङ ब्राञ्च कमिटीका प्रवक्ता संजोक गुरुङ साथै तिनको टोलीले आज यहाँको वार्ड नम्बर 14 का युवा उम्मेदवार देवराज तामाङको निम्ति चुनाउ प्रचार प्रसार गरे। युवा उम्मेदवार देवराज तामाङ गोरामुमो जनचेतना सङ्घर्ष समितिका उपाध्यक्ष पनि हुन्। जनताले पाउनु पर्ने साहुलियतहरुको निम्ति आफ्नो आवाजलाई बुलन्द पार्दै जनसेवाको निम्ति उम्मेदवार देवराज तामाङले धेरै कार्यहरु गरेको संजोक गुरुङले जानकारी गराए।


युवा नेतृत्वले नै दार्जिलिङ नगरपालिकालाई आत्मनिर्भर, स्वच्छ, भ्रष्टाचारमुक्त नगरपालिका बनाउन सक्ने संजोक गुरुङले दावी गरे। यस अवसरमा वार्ड नम्बर 14 का गोरामुमोको युवा उम्मेदवार देवराज तामाङलाई आफ्नो बहुमूल्य भोट दिएर विजयी तुल्याउने संजोक गुरुङले वार्डवासी सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *