गोरामुमो दार्जिलिङ टाउन कमिटीद्वारा फोहोर मैलाको सफाई

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीले आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्दै दार्जिलिङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरुमा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको निर्देशनमा फोहोर मैला उठाउँदै सर-सफाई अभियानलाई जारी राखेको छ। यसैक्रममा वार्ड नम्बर 23 अन्तर्गत डा. येन सिंह रोड दार्जिलिङ प्रेस गिल्ड अगाडी थुपारिएको फोहोर मैला उठाएर गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका सदस्यहरूले सर-सफाई कार्य गरेका छन्। गोरामुमो टाउन कमिटीका महासचिव गोपाल परियारले जानकारी दिए अनुसार एउटा टीभी च्यानलमार्फत उक्त क्षेत्रमा अव्यवस्थित तरिकाले फोहोर मैला थुपार्ने कार्य गरेको जानकारी प्राप्त भएपछि अजय एड्वर्डको निर्देशनमा उक्त थुपारिएको फोहोर मैला उठाउनको साथै सर-सफाई कार्य गरेको हो। तिनले दार्जिलिङका जनतालाई शहरको जतैसुकै मैला कुचैला नफ्याँकी दिने अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş