गोरामुमोद्वारा असहायहरूलाई कम्बल वितरण

दार्जिलिङ :  गोरामुमो दार्जिलिङ सहर समितिको सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 9 युथ होस्टेलमा असहाय तथा गरिबहरूलाई कम्बल वितरण गरियो। गोरामुमो पार्टी सूत्रले दिएको जानकारीअनुसार गोरामुमो सामाजिक सेवा अभियान अन्तर्गत 90 जना असहायहरूलाई एउटा कार्यक्रमबीच कम्बल प्रदान गरे।


यस अवसरमा कल्याण समाजका मूल सचिव खगेन्द्र राई, उपाध्यक्ष रमेश मोक्तान, विजय छेत्री लगायत 9 नम्बर वार्डका गोरामुमो अध्यक्ष अमर तामाङ, सदर 1 समष्टि सभापति पुरण राई, पार्टी प्रवक्ता वाई लामा अनि गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राई, गोरामुमो सहर समिति अध्यक्ष रोबर्ट छेत्री, उपाध्यक्ष रवी अरोड़ा, मूल सचिव गोपाल परियार आदि प्रमुख रूपमा उपस्थित थिए। यस अवसरमा पार्टी प्रवक्ता वाई लामाले गोरामुमोले केवल राजनीति मात्र नगरेर सामाजिक कार्यहरू गरिरहेको बताए। यसै सामाजिक कार्य अन्तर्गत दार्जिलिङ नगरपालिकाको सबै वार्डहरूमा हालसम्म गरिब असहायहरूलाई आफ्नै खर्चमा कम्बलहरू वितरण गरिसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO