गोरामुमो-द्वारा दार्जिलिङ गोर्खा पार्वत्य परिषद-को समझौता दिवस पालन गर्दै कालेबुङ सहरमा पोस्टरिङ

कालेबुङ: गोरामुमो कालेबुङ शाखाको आयोजनामा आज दार्जिलिङ गोर्खा पार्वत्य परिषदको समझौता दिवस पालन गर्दै यहाँको डम्बर चोकमा पोस्टरिङ पनि गरिएको छ। विगत 1988 सालमा आज कै दिन केन्द्र सरकार राज्य सरकार अनि गोरामुमो पार्टीमाझ उक्त समझौता भएको थियो। उक्त दिनको स्मरण गर्दै गोरामुमो कालेबुङ वर्किङ कमिटीले पार्टीको संस्थापक अध्यक्ष सुवास घिसिङप्रति आभार जनाएको छ। यसरी नैं पत्रकार सम्मेलन मार्फत वर्किङ कमिटी सचिव लोप्साङ तामाङले उक्त समझौता गोर्खाहरूको निम्ति खुबै महत्वपूर्ण रहेको बताएका छन्। यसैगरी, तिनले भारतीय जनता पार्टीको संकल्प पत्रमा उल्लेख गरिएको दार्जिलिङ पहाडको स्थायी राजनैतिक सामाधान चाँडो भन्दा चाँडो पूरा गर्नुपर्ने माग राखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *