गोरामुमोद्वारा रानी वन पैह्रो पीडित परिवारहरूलाई राहत सामग्री वितरण

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको तर्फबाट 75औं स्वतन्त्रता दिवसको अवसरमा दार्जिलिङको सिंहमारी टकभर समष्टि अन्तर्गत रानी वनमा गएको भीषण पैह्रोमा परेर क्षतिग्रस्त भएका 13 पीडित परिवारलाई राहत स्वरुप खाद्य सामग्रीहरू प्रदान गरियो। पार्टी सूत्रले दिएको जानकारी अनुसार गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी प्रवक्ता प्रमोस्कर ब्लोन अनि प्रशान्तको टोलीले रानी वन भ्रमण गरि पीडित परिवारहरुलाई भेटघाट गर्नको साथै तिनीहरुको हालखबर बारे जानकारी लिए। यसै क्रममा प्रमोस्कर ब्लोनले जानकारी दिँदै भने, पार्टीको दार्जीलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्ड्सको निर्देशनमा हामीले रानी वनको पैह्रो पीडित परिवारहरुलाई भेटघाट गरेर राहत स्वरुप खाद्य सामग्रीहरू वितरण गरेका हौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *