दार्जिलिङ: गोर्खा राष्ट्रीय मुक्ति मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीको आयोजनामा दार्जिलिङ ब्राञ्च कार्यालयमा मणिपुर जिल्ला अन्तर्गत नोनी तुपुल यार्ड रेलवे निर्माण शिविरमा हालै गएको पैह्रोको चपेटमा परेर सहिद भएका जवानहरु प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उक्त श्रद्धाञ्जलि कार्यक्रममा गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ ब्राञ्च कमिटी अध्यक्ष एमजे सुब्बा, एचपीडब्ल्युयु महासचिव एसके लामा, केन्द्रीय समितिका केबी गुरुङ लगायत केन्द्रीय समिति सदस्यगण, गोरामुमो कालेबुङका कार्यकारिणी सदस्यगण, गोरानासं, गोरायुमो, गोराबिमो लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्तिथि रहेको थियो। मोम बत्ती बालेर पुजा अर्चना गरेर ती वीर सहिदहरुको आत्मा शान्तिको निम्ति प्रार्थना चढाउँदै मौन धारण गर्नको साथै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे।