गोरामुमोद्वारा स्वस्थ्य कर्मीहरूलाई पीपीई किट्स, मास्क, सेनेटाइजर वितरण

तकदाह: गोरामुमो तकदाह टिस्टा भेल्ली समष्टिमा गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत तकदाह प्राईमेरी हेल्थ सेन्टरमा कार्यरत कर्मचारीहरुलाई राहत स्वरुप पीपीई किट्स, सर्जिकल मास्क, पञ्जा अनि सेनेटाइजर वितरण गरेको समष्टिका सभापति सुदेश राईले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार कोरोना भाइरसको विरुद्ध अग्रपंक्तिमा रहेर खट्ने स्वस्थ्य कर्मचारीहरूलाई विधायक निरज जिम्बाको सहयोगमामा 8 वटा पीपीई किट्स, 100 वटा सर्जिकल मास्क, 90 वटा पञ्जा अनि 6 वटा सेनेटाइजर वितरण गरियो।


यसको साथै रङ्ली हेल्थ सव सेन्टरमा पनि मास्क र सेनेटाइजर वितरण गरे। समष्टिको अनि हेल्थ सेन्टरको तर्फबाट धन्यवाद दिँदै आभार ब्यक्त गरिएको बताइएको छ। स्मरण रहोस्, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो समाजिक सेवा अभियान अन्तर्गत अध्यक्ष मन घिसिङको निर्देशमा आफ्नो क्षमता अनुसार कोरोना भाइरसको महामारीमा विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş