गोरामुमो कालेबुङद्वारा 34औँ गोर्खा नागरिकता दिवस पालन

कालेबुङ: गोरामुमो कालेबुङद्वारा 34औँ गोर्खा नागरिकता दिवस पालन गरियो। डेलो शेर्पा होम स्टेमा सम्पन्न उक्त समारोहमा कालेबुङ गोरामुमो कार्यकारिणी समिति सचिव लोप्साङ तामाङ एवम् सदस्यहरू, गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष मौरिस कालिकोटे, केन्द्रीय समिति महासचिव दावा शेर्पा, केन्द्रीय समिति सदस्य, कालेबुङ गोरायुमो ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ, टाउन कमिटी, गोरानास, गोराविमो साथै गोरामुमो कार्यकर्ताहरूको व्यापक उपस्तिथिमा आयोजना गरिएको समारोहमा नागरिकता दिवसको विषयबारे वक्ताहरूले जानकारी गराए।


केन्द्रीय समितिको उपाध्यक्ष पदमा नियुक्त मौरिस कालीकोटे अनि केन्द्रीय समितिका महासचिव पदमा दावा शेर्पालाई नियुक्त गरेकोमा बधाई दिँदै स्मृति पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *