गोरामुमो टोलीद्वारा 27 माईल बाङ्गेका पीडित परिवारहरुलाई भेटेर खाद्य सामग्रीहरू प्रदान साथै स्वाथ्य जाँच शिविर

टिस्टा (निसं): गोरामुमोको भ्रातृ संगठन, युथ होस्टेल समूह अनि गोरायुमो मङ्पु लाटपञ्चर समष्टिद्वारा राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 27 माईल बाङ्गे ड्याम्पका पीडित परिवारहरुलाई खाद्य सामाग्री साथै लत्ताकपडा वितरण गरियो। युथ होस्टेल दार्जिलिङ समूहले पीडित परिवारहरुको निम्ति मेडिकल क्याम्पको आयोजना गरेर औषधि पनि वितरण गऱ्यो। गत 4 अक्टोबरको दिन टिस्टा नदीमा आएको बाढले 27 माईल बाङ्गे ड्याप क्षेत्रमा बसोवास गर्ने 19 वटा घरहरूमध्ये 12 वटा घरलाई टिस्टा नदीको पानीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ती बाढ पिडित परिवारका सदस्यहरू हाल कालेबुङ जिल्लाको नजोक प्राथमिक विद्यालयमा अस्थायी रूपमा बनाइएको राहत शिविरमा छन्।


पीडितहरुको सहयोगको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा आज गोरायुमो केन्द्रीय समिति को-अर्डिनेटर संजोक गुरुङ र गोर्खा एकता चालक संगठनका उपाध्यक्ष रबिन गुरुङको नेतृत्वमा एउटा टोली 27 माईल बाङ्गे ड्याप बाढ क्षेत्रमा पुगेर निरीक्षण गर्नको साथै ती पीडित परिवारहरुलाई राहत सामग्रीहरू प्रदान गरेको छ। बाढ पीडित परिवारहरुको चाँडै पुनर्वासको निम्ति केन्द्र सरकार, राज्य सरकार, स्थानीय जीटीए प्रशासन अनि सांसद राजु बिष्टले पहल गरिदिनु पर्ने गोरामुमो कालेबुङ जिल्लाका नेता बुद्ध तामाङले बताएका छन्। तिनले यस क्षेत्रको निम्ति राहत सामाग्री अनि अन्य सहयोगहरु प्रदान गर्नेहरुले कसैको माध्यमद्वारा होइन तर पीडित परिवारहरुलाई आफैहरूले हस्तान्तरण गरिदिने अपिल गर्नको साथै प्रशासनले यस क्षेत्रमा बिजुली बत्ती नभएको कारण यथाशीघ्र व्यवस्था गरिदिनु पर्ने पनि अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetKürtkarabeyabipusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes