गोर्खा एकताको सन्देशसँगै कालेबुङमा फूलपाती शोभायात्रा निकालिइने

कालेबुङ: फूलपाती शोभायात्रा कार्यक्रमलाई लिएर आज फूलपाती महोत्सव आयोजक समितिले सबै जातीय विकास बोर्डका प्रतिनिधिहरूसँग सभा गरे। उक्त सभापछि फूलपाती शोभायात्रा समितिका अध्यक्ष भुवन पी खनालले यसबारे जानकारी गराउँदै यसपालीको फूलपाती शोभायात्रा जातीय एकीकरणको सन्देश दिँदै सम्पूर्ण गोर्खा जाति एक भएर निकालिइने जनाए। सम्पूर्ण संघ-संस्था, जातीय विकास बोर्ड, विभिन्न राजनैतिक दल तथा जाती-सांस्कृति प्रेमी सम्पूर्ण मानिसहरूलाई फूलपाती शोभायात्रामा सामेल भइदिनहुन फूलपाती महोत्सव समिति कालेबुङको पक्षबाट तिनले अनुरोध गरेका छन्। तिनले आगामी 23 अक्टोबर समय 9.30 बजे बिहान मेला ग्राउन्डमा भेला भएपछि त्यहाँबाट शोभायात्रा निकालिइने जनाउँदै उक्त शोभायात्रा कालेबुङ सहरको थानाडाँडा, मेनरोड हुँदै दस माइल फाटक, आरसी मिन्त्री रोड भएर बाघधारादेखि पुनः मेला ग्राउन्डमा आएपछि समाप्त हुने तिनले जानकारी गराए। शोभायात्रापछि अपरान्हको समय सांस्कृतिक कार्यक्रमहरू पनि हुने तथा उक्त कार्यक्रममा पहाडकै प्रतिष्ठित गायक-गायिकाहरूले आफ्नो प्रस्तुति दिने, ठेट लोक सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने तिनले जनाए। जातीय एकता र संस्कृति संरक्षणको निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको तथा यसमा कुनै राजनैतिक स्वार्थ एवम् दाउपेच नरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş