गोर्खाहरूको भावनासित भाजपाले खेलाइँची गरेको तृणमूल नेता एनबी खवासको आरोप

मिरिक : भाजपाले गोर्खाहरूको भावनासित खेलिरहनको साथै तिनीहरूलाई खेलाइँची गरिरहेको प्रमाणसिद्ध भएको हिल तृणमूल कांग्रेस दार्जिलिङ जिल्ला प्रवक्ता एनबी खवासले मिरिक सिमानामा आज बताए। तिनले हालै दिल्लामा सम्पन्न बैठकलाई लिएर पत्रकारहरूसित कुराकानी गर्दै भाजपा सरकारको गृहमन्त्रालयले डाकेको त्रिपक्षीय बैठकको विषयलाई लिएर जारी गरेको निमन्त्रणा पत्रलाई 24 घण्टा पनि राम्ररी बित्न नपाई बैठकको विषय परिवर्तन गरेको काण्डले भाजपाको गोर्खाहरूप्रति हेर्ने नीति स्पष्ट भएको तिनले बताए। तिनले अझ भने, गत अगस्त महिनामा पनि त्रिपक्षीय वार्ताको प्रक्रियामा भाजपा सरकारको पहलमाथि व्यापक विरोध भएको थियो। गोरामुमोले जीटीएको विषयमा बोलाएको बैठकलाई विरोध जनाउँदै पहाडमा व्यापक पोस्टरिङ समेत गरेपछि उक्त बैठक रद्द भएको थियो। यसैगरी, गत 7 अक्टोबरको बैठकको विषय परिवर्तन र राजनैतिक चलखेलले भाजपाको नियत स्पष्ट भएको हिल तृणमूल नेता एनबी खवासले बताए। भाजपाले भावनासँग मात्र होइन तर हाम्रो भावनामाथि खेलाइँची पनि गरिरहेको उदाङ्गो भएको तिनले बताए। अर्कोतिर, हालै हिल तृणमूल कांग्रेस युवा अध्यक्ष विष्णु गोले लगायत अन्य शीर्ष नेताहरूले पार्टीबाट राजीनामा दिएको सन्दर्भमा तिनीहरूबारे पार्टी हाई कमानले जे निर्णय लिइनेछ त्यो नै सर्वमान्य हुने तिनले बताए। हिल तृणमूल कांग्रेसले भावना र कल्पनामा राजनीति नगरेर व्यवहारिक रूपमा राजनीति गर्ने गरेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet