नयाँ दिल्ली: जीटीए पर्यटन विभागको सभासद नोर्देन शेर्पाको नेतृत्वमा गएको 4 सदस्यीय टोलीले दिल्लीको साकेतमा जीटीए अधिनस्थ रहेको 1935 वर्ग मीटरको जमीनको निरीक्षण गऱ्यो। उक्त जमीन धेरै वर्ष अगावै गोर्खा वेलफेयर भवन निर्माणको निम्ति लिइएको थियो। आजको दिनमा यस जमीनको मूल्य लगभग 200 करोड भन्दा बढी रहेको बताइएको छ। टोलीमा सभासद नर्देन शेर्पा, पर्यटन विभागका एक्जिक्युटिभ डारेक्टर, एक्जिक्युटिभ इञ्जिनियर रहेका छन्।
एउटा भिडियो सन्देशमार्फत सभासद नोर्देन शेर्पाले बताए अनुसार अब जमीनको कानुनी अड्चन हटेको छ। जीटीए चिफ अनित थापाको निर्देशमा टोलीले जमीनको स्थितिको जायजा लिएको छ। टोलीले केन्द्र सरकारको सम्बन्धित अधिकारीसँग पनि भेट गरेको तिनले बताएका छन्। शेर्पाले अझ भने, “यदि विगतको नेताहरुले भवन निर्माणको पहललाई गम्भीरतापूर्वक लिएर काम गरेको भए आजसम्म भवन निर्माण भFसकेको हुनेथ्यो। जमीनसँग जोडिएको कानुनी अड्चन अहिले हटेर गएको छ। अब जीटीएले चाँडै भवन निर्माणको कार्य सुरु गर्नेछ।” अर्कोतिर, जीटीए प्रमुख कार्यपाल अनित थापाले यस भवन निर्माणबारे भने, दिल्लीमा बनिने वेलफेयर भवन गोर्खाहितको निम्ति बनिने भवन हो।
