दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चाको दार्जिलिङको सिंहमारीस्थित केन्द्रिय कार्यालयको पार्टीका अध्यक्ष बिमल गुरुङले आज पुजापाठ गरेपछि विधिवत् रूपमा उद्घाटन गरे। पार्टीका केन्द्रिय अध्यक्ष बिमल गुरुङको बाहुलीबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा महासचिव रोशन गिरी, डा. आरबी भुजेल, आरपी वाइबा, उर्मिला रुम्बा, प्रवीण रहपाल, तोप्देन भोटिया, भुवन पी. खनाल, नर्बुजी लामा, पीटी ओला, सुरज सुब्बा लगायत पार्टीका अन्य शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।
