गोर्खाल्याण्ड आन्दोलनका सशक्त आन्दोलनकारी आरके प्रधानको हाल साधरण जीवन यापन

मिरिक: 1986-87 मा गोर्खाल्याण्ड आन्दोलन चरम सिमामा पुग्दा आन्दोलनलाई नेतृत्व दिने मिरिकका राजकुमार प्रधान अहिले साधारण जीवन यापन गरिरहेका छन् । साधारण जीवन नै उनको लागि प्यारो छ । खेतीपाती गर्छन् । फुल स्याहार्छन् । डोको टोक्री बुन्छन् । उमेरले साठी नाघे । उनको समयको कतिपय नेताहरु गाडीका धनी भए । बिल्डिङ बनाए । छोरा-छोरीलाई उच्च शिक्षा दिए तर उनलाई फर्केर कसैले हेरेनन् । मिरिकको जीभीसी चिफ भएर तिनले आन्दोलनलाई थेके । भोक भोकै कुदे, अलैंची भट्टी र गोठ र जङ्गलतिर सुते । सीआरपीएफसङ्ग लडे । जाति र माटोको निम्ति सर्वस्व त्यागेर रातदिन लागि परे । गोर्खाल्याण्ड राज्य गठनको लागि मरिमेटे । तर समयको खेलस उनी टाडिए, पछि परे । उनको त्यागलाई कसैले मुल्याङ्कन गरेन । सबै स्वार्थी बने । उनको समकालिन र अग्रज नेताहरुले तिनलाई पत्तै गरेनन् । तथापि उनको कुनै गुनासो छैन। 1986-87 मा जीभीसी चिफ आरके नामले चिनिने   राज कुमार प्रधान भन्छन् मेरोमा स्वर्थ थिएन । सुवास घिसिङ्गको भाषणले एउटै कुरा मनमा अडिएको थियो त्यो हो गोर्खाको राज्य हुनु पर्छ । पहिचान हुनपर्छ । गोर्खाल्याण्ड राज्य हुनपर्छ । हामी शोषणमा छौं । त्यहीं मनमा गडिएकोले लड्यौं । गर्नु दुःख गरयौं । तिनले आरपी वाइबा , एलबी राई , सीएम घिसिङ्ग , डीबी घिसिङ्ग , रुपेस राईको नाम स्मरण गर्दै सीके गिरी समष्टी अध्यक्ष अनि शरण खालिङ समष्टी सचिव रहेको बताए । दागोपाप भएपछि धेरैले काम पाए । उनले काम पाएनन् । तर पनि उनी दुःख मान्दैनन् । हाम्रै दाज्यु भाइले पाए उनी भन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş