गोर्खा मदर्स वेलफेयर एसोसिएसनद्वारा एम्स-मा रक्तदान शिविर

नयाँ दिल्ली: दिल्लीमा सक्रिय नारीहरूको सामाजिक सङ्गठन “गोर्खा मदर्स वेलफेयर एसोसिएसन सोसाइटी”-ले निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको लगत्तैपछि बिहीबार नयाँ दिल्लीमा पनि अल इन्डिया मेडिकल साइन्स (एम्स)-मा रक्तदान शिविरको आयोजना गऱ्यो। उक्त शिविरमा मोठ चार सयभन्दा अधिक मानिसहरूले स्वेच्छा रक्तदान गरे। उक्त सामाजिक सङ्गठन “गोर्खा मदर्स वेलफेयर एसोसिएसन सोसाइटी”-ले भारतका विभिन्न ठाउँ र छिमेकी मुलुकहरू नेपाल, भूटान र बर्माबाट रोजगारका लागि दिल्ली आउने नेपाली भाषीहरूलाई सकेसम्म सहयोग गर्दै आइरहेको छ।


प्याट्रिशिया निकोलसद्वारा संस्थापित उक्त सोसाइटीद्वारा आयोजित रक्तदान शिविर कार्यक्रममा मुख्य रुपमा एम्सले सहयोग पुऱ्याएको थियो भने दिल्लीभरिका गोर्खाली संघ-सङ्गठनहरूले पनि सहयोग गरेको थियो। गोर्खाहरूले आयोजना गरेको यो शिविर हालसम्मको सबैभन्दा ठूलो सिविर रहेको बताइएको छ। दिल्ली पुलिसका नर्थ ईस्ट प्रभारी रबीन हिबुका अनुसार यो रक्तदान शिविर अत्यन्तै महत्वपूर्ण रहेको थियो। यसको साथै शिविर सम्पन्न गर्नको लागि आयोजक सोसाइटीकी संस्थापिका प्याट्रिशिया निकोलस, अध्यक्षा अनु शिल्पकार, पूर्व सचिव नोमी खातीलगायत अन्य सदस्यहरू रेबिका राई र मीना लिम्बू, लोपसाङ लामा, केदार खवास, रोबर्ट लेप्चा आदिले विशेष सहयोग पुऱ्याएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş