दार्जिलिङ : गोर्खा राष्ट्रिय युवा मोर्चाको महत्वपूर्ण सभा गोरायुमो अध्यक्ष सुरज कटुवालको अध्यक्षतामा आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा ब्राञ्च कार्यालयमा सम्पन्न भयो। उक्त सभामा गोरायुमो केन्द्रीय संयोजक संजोक गुरुङ लगायत ब्राञ्च कमिटीका प्रतिनिधिहरू पनि उपस्थित थिए। उक्त सभामा पार्टीको सांगठनिक विषयमा चर्चा-परिचर्चा गरियो। आगामी दिनमा केन्द्र सरकारले स्थायी राजनैतिक समाधान साथै छुट्टिएको जनजातिलाई 1931-को आधारमा पुनः जनजातिको मान्यता दिनुपर्छ भन्ने कुरामा संयोजक संजोक गुरुङले जोर दिँदै अबउसो उक्त विषयहरूमा केन्द्र सरकारलाई गोर्खा राष्ट्रिय युवा मोर्चाले दवाउ बनाउनु पर्ने सुझाउ पनि राखे। गोरायुमो ब्राञ्च अध्यक्ष सुरज कटुवालले जीटीए जस्तो असंवैधानिक व्यवस्थाले गोर्खाको चिन्हारी बोक्दैन, सरकारले जीटीएविरुद्ध जन आवाजको कदर गर्नुपर्छ, जीटीए चाहिँदैन भनी बताए।
