गोरूबथान आहालेका 25 जना युवाहरू हाम्रो पार्टी-मा सामेल

गोरूबथान: गोरूबाथन ब्लक अन्तर्गत पर्ने आहाले 2-का युवाहरूले गोरूबथानका पार्टी संयोजक सन्नी राईको नेतृत्वमा हाम्रो पार्टी-को झण्डा ग्रहण गरेर अजय एडवर्डको नेतृत्वमा रहेको हाम्रो पार्टीलाई समर्थन जनाए। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको सिद्धान्तलाई आत्मसाथ गर्दै गोरूबथानको भविष्यलाई सुनौलो बनाउन हेतु तिनीहरूले हाम्रो पार्टीलाई समर्थन जनाएको बताए। तेनहाङ राई, निर्मल छेत्री, राजकुमार राई, सन्नी राई अनि कपिल अधिकारीको विशेष उपस्थितिमा आज आहाले गाउँमा सङ्गठनको विषय लिएर सभाको आयोजना गरिएको थियो। उक्त सभामा यस क्षेत्रका 25 जना युवाहरुले हाम्रो पार्टीलाई समर्थन जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *