कालेबुङ : अविरल वर्षाको कारण गोरूबथान खण्डको दालीम ग्राम पञ्चायत अन्तर्गत पर्ने अम्बियोक चियाबारीको छेत्री गाउँ निवासी तिलक छेत्रीको घर माथिबाट पैह्रो झर्दा घरलाई आंशिक क्षति पुर्याएको छ। प्राप्त जानकारीअनुसार लगातार परेको पानीले घरको माथिबाट पैह्रोसँगै ठुलो ढुङ्गा झर्दा घरको माथिलोपट्टिको भागलाई धेरै क्षति पुर्याएको छ।

उक्त घटना हुँदा घरका मानिसहरू भान्सा कोठामा रहेकोले कसैलाई पनि चोटपटक नलागेको बताइएको छ। वर्षा झरीमा यसरी घरलाई क्षति पुगेकोले सम्बन्धित निकाया दालीम ग्राम पञ्चात प्रभारीलाई गाउँका समाजसेवी रितु छेत्रीले उक्त घरको फोटोसँगै रिपोर्ट पठाएको पीडित परिवारका सदस्य तिलक छेत्रीले बताए।
