ग्रीन पटेका पड्काउन सक्ने राज्य प्रदूषण कन्ट्रोल बोर्डको निर्देशिकाबारे पुनः विचार गर्ने चिकित्सक तथा स्वयंसेवी संस्थाहरूको माग

सिलगढी दिपावलीलाई लिएर राज्य प्रदूषण कन्ट्रोल बोर्डको तर्फबाट एउटा निर्देशिका जारी गरेको छ। उक्त निर्देशिकामा इको फ्रेन्डली (ग्रीन पटेका) दुई घण्टाको लागि पड्काउन सक्ने अनुमति दिएको छ। अर्कोतिर, उक्त निर्देशिका जारी गरेपछि स्वयम् सेवी संस्था एवम् सिलगढीका चिकित्सकहरूले असन्तुष्टि प्रकट गर्दै उक्त निर्देशिकामाथि फेरि विचार गर्ने माग गरेका छन्। यसै विषयलाई लिएर आज सिलगढीको हिलकार्ट रोडस्थित नेफको कार्यालयमा विशिष्ट चिकित्सक लगायत माई डाक्टर, कोभिड केयर नेटवर्क, सूर्य नगर समाज कल्याण संस्थाका सदस्यहरूको उपस्थितिमा एउटा चर्चा सभाको आयोजना गरियो। उक्त सभामा चिकित्सकहरू लगायत स्वयंसेवी संस्थाका सदस्यहरूले उक्त निर्देशिकाको विरोध जनाए। सभा उपस्थित सबैले प्रदूषण कन्ट्रोल बोर्डले ग्रीन पटेका (इको फ्रेन्डली) पड्काउने छुट दिए तापनि यो निर्देशिका 2018 –मा सुप्रीम कोर्टद्वारा जारी गरेको थियो। तर त्यस समय देशमा कोरोना भाइरसको संक्रमण फैलिएको थिएन। हाल वर्तमान समयमा देश कोरोना भाइरससित लडिरहेको छ भने कोरोनाको तेस्रो लहर नोभेम्बर-दिसम्बरमा आउने सम्भावना रहेको छ। यस्तो परिस्थितिमा प्रदूषण कन्ट्रोल बोर्डले कसरी ग्रीन पटेका पड्काउन सक्ने निर्देशिका जारी गर्न सक्छ भन्दै सभामा उपस्थित सबैले प्रश्न चिन्ह खड़ा गरेका छन्। यसैले तिनीहरूले उक्त निर्देशिकाबारे पुनः विचार गर्ने प्रदूषण कन्ट्रोल बोर्डका अधिकारीसित माग गरेका छन्। यसको साथै प्रदूषण कन्ट्रोल बोर्डले  ग्रीन पटेका कस्तो हुनुपर्छ भन्ने विषयमा पनि एउटा गाइडलाइन जारी गर्नुपर्ने तिनीहरूले बताउँदै चाँडै नै यस विषयलाई लिएर पुलिस कमिश्नरसित भेट गर्ने तिनीहरूले बताए। आगामी 31 अक्टोबरको दिन मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर एउटा र्‍याली निकालिइने तिनीहरूले बताए। आजको सभामा उत्तर बंगाल मेडिकल कलेजका डीन सन्दीप सेन गुप्ता, विशिष्ट शिक्षक शङ्खो सेन, चिकित्सक अनिर्बन राय, कोभिड केयर नेटवर्कका सदस्य डा. कल्याण खान, चाइल्ड स्पेशलिस्ट प्रिन्स पारेख, सूर्य नगर समाज कल्याण संस्था लगायत नेफ-का सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/