गृहमन्त्रीको जनसभामा अंश ग्रहण गर्न आइपुगे भाजपा केन्द्रीय उपाध्यक्ष दिलीप घोष

बाघडुग्रा : सिलगढीको रेलवे इन्टिट्युट मैदानमा सम्पन्न हुने गृहमन्त्री अमित शाहको जनसभामा अंश ग्रहण गर्नको लागि भाजपाको केन्द्रीय उपाध्यक्ष दिलीप घोष आज विमानमार्फत् बाघडुग्रा विमानअड्डा आइपुगे। विमानअड्डामा पत्रकारहरूलाई सम्बोधन गर्दै दिलीप घोषले भने, गृहमन्त्री अमित शाह गत 7 वर्षदेखि बङ्गाल भ्रमणमा आइरहेका छन् भने गत वर्ष मात्र कोरोना महामारीले गर्दा तिनी आएनन्। मुख्यमन्त्री ममता ब्यानर्जीलाई कटाक्ष कस्दै तिनले भने, ममता ब्यानर्जी जुन उत्साह, प्रतिबद्धता तथा वाचाको साथमा मुख्यमन्त्री बनेकी छन्, त्यसलाई कति पुरा गरिसकेकी छन्? तृणमूल दलबाट मुख्यमन्त्रीलाई हटाउने षड्यन्त्र शुरू भएको छ। पाँच वर्षको वाचा एकै वर्षमा समाप्त भएको छ भने साधारण मानिसहरूको विकास भएको छैन। अमित शाहले संगठनलाई शक्तिशाली बनाउने बाटो देखाएका छन् यसैले तिनीसित एकताको भावना रहेको छ। तृणमूल कङ्ग्रेसको 11 वर्षको शासनकालको सफलताबारे पनि तिनले व्यङ्ग्य कसे। अर्कोतिर, नक्सलबारीको महाली परिवारको प्रसङ्गमा तिनले भने, महाली परिवार भाजपा पार्टीको केही होइन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *