जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट आरम्भ: गैरी गाउँ तीनधारे र बिन्दास बोइस विजय

खरसाङ (निसं): आजदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा नवज्योति संघ चुनभट्टीको आयोजनामा जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आजको पहिलो खेल गैरी गाउँ तीनधारे बनाम ढाका ईलेभेन तीनधारेमाझ सम्पन्न भयो। उक्त खेलमा गैरी गाउँले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 8 विकेट गुमाएर 127 रन बनाएको थियो। गैरी गाउँको पक्षमा साहिल प्रधानले सर्वाधिक 78 रन बनाएको थियो। 128 रनको लक्ष्यलाई पछाउँदै ढाका इलेभेन तीनधारेले 11 ओभर 5 बलमा सबै विकेट गुमाएर 104 रन बनाएको थियो। ढाका ईलेभेनको पक्षमा दिपेस गजमेरले 21, विवेक प्रधानले 20 रन बनाएका थिए। गैरी गाउँको पक्षमा हुपर प्रधानले 4, सुमन लोहार 2, शाब्दिक प्रधानले 2 र प्रयास प्रधानले 1 विकेट लिएका थिए। आजको खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, विशिष्ट अतिथि घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान र शिवखोला ग्राम पञ्चायतको प्रधान मोहनकुमार प्रधान उपस्थित थिए।

 
यसैगरी, आजको दोस्रो खेल बिन्दास बोइस पैनाकुमारी बनाम जनसेवा संघ राजबारीमाझ भयो। टस जितेर पैनाकुमारीले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 7 विकेट गुमाएर 192 रन बनाएको थियो। जनसेवा संघको पक्षमा बलर शैलेस रामुदामुले एकै ओभरमा ह्याट्रिकसहित 4 विकेट अनि जम्मा 5 विकेट लिए पनि पैनाकुमारीले मात्र 192 रन बनाएको थियो। पैनाकुमारीको पक्षमा अमर ठाकुरले सर्वाधिक 69 रन बनाएका थिए। 193 को रनको लक्ष्यलाई खेदो गर्दै जनसेवा संघ राजबारीले ब्याटिङ गर्दै 12 ओभर 1 बलमा केवल 94 रन बनाएर सबै विकेट गुमाएको थियो। राजबारीको पक्षमा प्रियास विश्वकर्मले सर्वाधिक 39 रन बनाएका थिए भने पैनाकुमारीको पक्षमा अरूण दर्जीले 3, अमर चौधरी र अनिमेसले 2-2 अनि अभिषेक र प्रतिकले 1-1 विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes