जीटीए सभामा अनुप्रवेशकारी शब्दको विरोधमा प्रस्ताव ल्याउन नमानेपछि विपक्षी सभासदहरूले गरे वाक आउट

दार्जिलिङ (निसं): जीटीए सभाको बैठकमा आज बंगाल विभाजनको विरोधमा राज्यका एकजना मन्त्रीले हालै भारतीय गोर्खाहरूलाई अनुप्रवेशकारी भनेर आरोप लगाएको विरोधमा आजको जीटीए सभामार्फत प्रस्ताव ल्याउन पर्ने विषयमा उठाएको मागलाई भागोप्रमो-का सभासदहरूले अस्वीकार गरेपछि विपक्षी सभासदहरूले सभाबाट वाक आउट गरेको सभासद अजय एडवार्डसले जानकारी गराएका छन्। हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवाडर्सले सभाबाट वर्क आउट गरेपछि बाहिर पत्रकारहरूलाई भने, दार्जिलिङको गोर्खा रंग मञ्च भवनमा अवस्थित रहेको जीटीए सभाको सभा गृहमा आज जीटीए सभाको सभा सम्पन्न भयो। सभामा हालै बंगाल विधान सभामा राज्यको एकजना जिम्मेवारी मन्रीीएले नेपाली भाषीहरूलाई अनुप्रवेशकारी बताएको जनाउँदै यस विषयमाथि जीटीए सभामा विरोध प्रस्ताव पारित गर्ने माग गरेको थियौ तर जीटीएको सत्तारूढ सभासदहरूले उक्त प्रस्ताव मानेनन्। हामी भारतीय गोर्खा तथा नेपाली भाषीहरू विरूद्ध कसैले पनि अपमानजनक शब्द अनि भाषाहरूको प्रयोग गर्छन् भने त्यसको प्रतिवाद जनाउने अनि विरोध गर्ने स्थान भनेको नै जीटीए सभा हो। राज्यको एकजना जिम्मेवारी मन्त्रीले भारतीय गोर्खा नेपाली भाषीहरूमाथि ठूलो अपमान तथा कलङ्क लगाउने काम गरेको छ अनि मन्त्रीले नेपाली भाषीहरूलाई अनुप्रवेशकारी भन्ने जुन शब्द प्रयोग भएको छ, त्यसको शायद रेकर्ड पनि भएको हुन सक्छ। त्यसर्थ हामीले यसको विरोध जनाउँनै पर्छ भन्दै विरोध प्रस्ताव पारित गर्ने माग गर्दा जीटीए चेयरम्यान अन्जुल चैहवानले मन्त्रीको बयान एकराजनैतिक बयान रहेको बताए अनि आफुहरूको मागलाई खारिज गरेको सभासद एडवाडर्सले बताए। तिनले अझ भने, हामी भारतीय गोर्खा नेपाली भाषीहरू अनुप्रवेशकारी कदापि होइनौ, हामी जमिनसँगै आएका हौ। जीटीए सभामा हामीले विरोध प्रस्ताव पारित गर्ने माग राख्दै चेयरम्यानको निर्णय सुन्न धेरै बेरसम्म कुरेर बस्यौ तर चेयरम्यानले मन्त्रीको बयानलाई राजनैतिक बयान रहेको बताए अनि तिनले विपक्षीको मागलाई वास्ता नगरी उपस्थित सभासदहरूको ध्यान अन्य विषयतिर आकर्षण गर्ने प्रयास गरेपछि हामीले सभाबाट वाक आउट गरेका हौ। जीटीए भाइस चेयरम्यान राजेश चौहानले मन्त्रीको बयानमाथि चर्चा गर्न नपाई विपक्षीहरू उठेर गएको भन्ने जस्ता झुटो प्रचार प्रसार गरिरहेको सभासद एडवार्डले दावी गरेका छन्। स्मरण रहोस, गत फरवरी महिनामा राज्यको तृणमूल काङ्ग्रेस सरकारले बंगाल विभाजनको विरोधको पक्षमा बंगाल विधानसभामा एक प्रस्ताव पेश गरेको थियो अनि उक्त प्रस्तावमाथि चर्चा-परिचर्चाको अवधि राज्यको एकजना जिम्मेवार मन्त्रीले भारतीय गोर्खा नेपाली भाषीहरूलाई अनुप्रवेशकारी हुन् भनि बताएका थिए। यसपछि मन्त्रीको उक्त बयानलाई आपत्ति जनाउँदै यता जीटीए सभाको विपक्षी सभासदहरू दार्जिलिङको जीटीए कार्यालय गोर्खा रंग मञ्च भवनको अघिल्तिर रहेको सहिद बेदी परिसरमा अनशन बसेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *