जीटीए रिलिफ फन्डले श्रमिक भवनको निर्माण गर्नु श्रमिक हितमा होइन, ठेकादारहरूको हितमा छ: जतन राई

दार्जिलिङ (निसं): श्रमिक भवनको निर्माण श्रमिक हितमा होइन तर ठेकादारहरूको हितमा रहेको हाम्रो पार्टीका श्रमिक नेता जतन राईले बताएका छन। कोरोना सङ्क्रमण कालको समयमा जीटीए-ले चिया श्रमिकहरूको स्वास्थ्य सुविधा र आर्थिक सहयोगको बहना गरेर जीटीए चेयरम्यान रिलिफ फण्ड सङ्ग्रह गर्ने काम गरेको थियो तर आज चन्दा उठाएको पैसाले श्रमिक भवनको निर्माण गर्छु भन्नु हास्याँस्पदको हो भनि तिनले बताए। तिनले अझ भने, चन्दा उठाएको पैसाले श्रमिक भवन होइन तर मन्दिर, गुम्बा एवम् कुनै धार्मिक क्षेत्रको निर्माण गर्न सकिन्छ। वृद्ध आश्रमको निर्माण गर्न सकिन्छ। जीटीए कुनै संस्था होइन, सानो सरकार हो। जीटीए सरकारले चन्दा संग्रह गरेको पैसाले सिलगढीमा श्रमिक भवनको निर्माण गर्छु भन्ने जस्तो प्रकारको प्रचार-प्रसार गर्ने कामहरू गर्दैछ, यो श्रमिकहरूको हितमा होइन, ठेकादारहरूको हितमा रहेको छ। चिया श्रमिकहरूले यस विषयमाथि जीटीए सत्ता चैकीमा बस्नेहरूलाई दबाउ दिनुपर्छ भन्ने तिनले आहवान पनि गरेका छन्। जीटीएको चैकीमा बस्नेहरूलाई मिनिमम वेजेस, घर-घरेडी तथा जमीनको पर्जा-पटटा, स्वास्थ्य सुविधा आदि जस्ता विषयहरूमाथि पनि दबाउ बनाउँनु पर्छ भन्ने श्रमिक नेता राईले बताए। यहाँको कतिपय श्रमिक संगठनले चिया श्रमिकहरूको नाममा चन्दा संग्रह गरेको पैसाले श्रमिक भवनको निर्माण गरिनु पर्छ भन्ने जस्ता प्रचार-प्रसारहरू गर्दैछ तर तिनीहरूले पनि यस विषयमाथि चिन्तन मनन गर्ने जतन राईले सुझाव दिएका छन्। श्रमिकहरूको निम्ति श्रमिक भवनको जरूरी छ तर श्रमिकहरूको नाममा चन्दा संग्रह गरेको पैसाले होइन, जीटीए सरकारले सरकारी राशी खर्च गरेर श्रमिक भवनको निर्माण गर्नुपर्छ भन्ने कुरा श्रमिक नेता जतन राईले दोहोऱ्याए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş