गुजरातमा विधानसभा चुनाउमा भाजपाको जीत, भाजपा-द्वारा निकालिइयो सिलगढीमा विजय र्‍याली

सिलगढी : गुजरातमा विधानसभा चुनाउमा भाजपा-ले विपुल मतले जीत हासिल गरेको छ। भाजपा-ले जीत हासिल गरेको खुशीयालीमा सिलगढीमा भाजपा कार्यकर्ता तथा समर्थकहरूले एउटा र्‍याली निकाले। भाजपा-का कार्यकर्ता तथा समर्थकहरूले आज सिलगढीको जयमनि भवनबाट बाजागाजाको साथमा एउटा र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि हासमी चोकमा पुगेर समापन गरियो। यसको साथै भाजपाका कार्यकर्ता तथा समर्थकहरूले सडकमा आवत-जावत गर्ने मानिसहरूलाई लड्डु वितरण गरेर खुसी मनाए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *