सिलगढी : सडकको काममा गुणस्तरीय समान प्रयोग नगरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले काम रोकिदिएको छ। स्थानीय मानिसहरूले क्षोभ प्रकट गरेपछि ठेकेदारहरू त्यहाँबाट भागेको बताइएको छ। फाँसीदेवाको चौपुखरिया इलाकामा सिलगढी महकुमा परिषदको पहलमा सडक निर्माण भइरहेको छ। स्थानीय मानिसहरूको आरोपअनुसार सडक निर्माण कार्यमा निम्न स्तरीय समानहरू प्रयोग गरिरहेको छ। 3 मिटरको सडक बनाउनको बद्ली सानो सडक बनाइरहेको छ। स्थानीय पञ्चायत सदस्यले बताएअनुसार सडक निर्माण कार्य राम्रोसित नभएकोले गर्दा स्थानीय मानिसहरूले विक्षोभ प्रदर्शन गरेको हो। सडक राम्रो होस् भन्ने आफूहरूको चाहना रहेको छ। अर्कोतिर, सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले भने, यस प्रकारको अभियोग पाए घटनास्थलको निरीक्षण गरेपछि अभियोग प्रमाणित भएको खण्डमा ठेकेदारविरुद्ध कार्वाही गरिनेछ। सडकको काम राम्रोसित गर्नुपर्छ।
