हाम्रो पार्टीको निगरानी कमिटीले जीटीए-को सबै 45 वटा समष्टिमा निगरानी राख्नेछ : फुर्तेम्बा भोटिया

दार्जिलिङ : हाम्रो पार्टीको निगरानी कमिटीले जीटीएको 45 वटै समष्टिमा निगरानी गर्ने भएको छ। जीटीए क्षेत्रका मानिसहरूले आफुहरूको क्षेत्रमा कुनै प्रकारको विकाश कार्यहरू नभएको गुनासो हाम्रो पार्टीसमक्ष राख्दै आएको हुनाले गत केही दिन अघि मात्र हाम्रो पार्टीले निगरानी कमिटी गठन गरेको छ। पार्टीले निगरानी कमिटीको दायित्व पार्टीका केन्द्रीय महासचिव फुर्तेम्बा भोटियालाई सुम्पिएको छ। यस सन्दर्भमा पार्टीका केन्द्रीय महासचिव भोटियाले भने जीटीए क्षेत्रका मानिसहरूले आफ्नो क्षेत्रमा कुनै प्रकारको विकाश कार्यहरू नभएको गुनासो पोख्दै आएको हुनाले पार्टीले निगरानी कमिटी गठन गर्ने निर्णय लिएको हो अनि त्यसको दायित्व पार्टीले आफुलाई सुम्पिएको छ। जीटीए सभाको चुनाउपछि बोर्ड गठन भएको 7 महिना बितिसक्दा पनि आजसम्म जीटीए क्षेत्रको धेरै ग्रामीण क्षेत्रहरूमा बाटो पुग्न सकेको छैन। कुनै पनि क्षेत्रको विकाश हुनु हो भने सर्वप्रथम त्यस ठाउँमा बाटो पुग्न पर्छ तर जीटीए क्षेत्रको धेरै गाउँ-बस्ती क्षेत्रहरूमा अझसम्म बाटो पुग्न नसकेकोले यो दुखको विषय हो भनि तिनले बताए। दार्जीलिङ गोर्खा पार्वतीय परिषदको गठनपछि पहाडको धेरैवटा क्षेत्रहरूमा बाटोको निर्माण कार्यहरू भएको थियो तर दु:खको कुरा आजसम्म ती बाटोहरूको जीर्णोद्धार तथा नयाँ बाटोको निर्माण कार्य नभएको तिनले बताए। भोटियाले अझ भने, हाम्रो पार्टी भनेको जनताको पार्टी हो। त्यसकारण जनताको एक-एक समस्यामाथि हामी काम गर्नेछौ साथै नजर राख्नेछौ। हाम्रो पार्टीको निगरानी कमिटीले दार्जिलिङ, खरसाङ, कालेबुङ, मिरिक साथै जीटीए क्षेत्रभरि नै कठोर निगरानी राख्ने काम गर्नेछ भनि हाम्रो पार्टी महासचिव भोटियाले बताएका छन्। पहाडको धेरैवटा ठाउँमा आजसम्म बाटो पुग्न नसकेकोले बिमारीलाई बोकेर अस्पताल पुऱ्याउन वाध्य छन्। यो भन्दा ठूलो दु:खको कुरा अरू के हुन सक्छ भन्दै महासचिव भोटियाले दुखेसो पोखे। पहाडका मानिसहरूको यस्ता विविध समस्यालाई ध्यानमा राखेर नै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले विभिन्न क्षेत्रहरूमा बाटो खन्ने कार्यहरू लगातार गरिरहेको महासचिव भोटियाले अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet giriş