हाम्रो पार्टी-को तर्फबाट अग्नि पीडित परिवारलाई आर्थिक सहयोग

दार्जिलिङ: हाम्रो पार्टीले अग्नि पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्यो। गत केही दिनअघि चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत पर्ने गोदाम गाउँ निवासी सुहान मास्केको घरमा आगो लाग्दा घरमा रहेको सबै सर-समानहरू जलेर खरानी भएको थियो। हाम्रो पार्टीको समष्टि अध्यक्ष सत्येन घलेको नेतृत्वमा समष्टि महासचिव विशाल दर्नाल, अर्जुन प्रधान आदि आज अग्नि पीडित परिवारसित भेट गरेर अग्नि पिडित सुहान मास्केलाई पार्टीको पक्षबाट आर्थिक सहयोग प्रदान गर्यो।


हाम्रो पार्टीका समष्टि अध्यक्ष सत्येन मास्केले बताए अनुसार पार्टीको तर्फबाट अग्नि पीडित परिवारलाई कुनै ठुलो आर्थिक सहयोग प्रदान गर्न सकेनौ तर परेको बेला पीडितहरूको साथमा रहँदा मात्र पनि धेरै साहारा पाइन्छ। अग्नि पीडित परिवारलाई अन्य सर सामग्रीहरू प्रदान गर्ने सोच बनाएका छौँ। स्मरण रहोस्, हाम्रो पार्टीले पहाडको ग्रामीण क्षेत्रहरूमा आफ्नो नीजि कोषबाट अहिलेसम्म 3 सय भन्दा धेर बाटो खननको कार्य गरिसकेको छ। यसको साथै गरिब विद्यार्थीहरूलाई शिक्षाको खर्च, गरिब, बिरामीहरूलाई उपचारको खर्च आदि जस्ता कार्य गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.