‘हाम्रो पार्टी’-को तर्फबाट मिना राईको शोकाकुल परिवारलाई आर्थिक सहयोग

मिरिक: हालै दिल्लीमा हत्या भएको मिरिक थर्बु चिया कमान निम्नप्रान्त निवासी स्वर्गीय मिना राईको परिवारलाई नयाँ राजनीतिक पार्टी ‘हाम्रो पार्टी’-को तर्फबाट आर्थिक सहयोग गरे। अजय एडवर्डको निर्देशमा ‘हाम्रो पार्टी’-का सदस्यहरु अर्बिन सुब्बा, प्रशान्त लगायत अन्य सदस्यहरुले मिना राईको परिवारलाई तिनीहरूकै घरमा भेटेर पार्टी अध्यक्ष अजय एडवर्ड्सले आर्थिक सहयोग स्वरूप पठाइदिएको 10 हजार रुपियाँ प्रदान गरे। यसको साथै स्वर्गीय मिना राईको 7 वर्षीय छोरीको शिक्षा आर्जनको खर्चको भार पनि उठाइने बारे परिवार पक्षलाई बताए। हाम्रो पार्टीका सदस्य अर्बिन सुब्बाले बताए अनुसार पीडित परिवारको पक्षबाट आर्थिक सहयोगको लागि हाम्रो पार्टीका संस्थापक अजय एडवर्डलाई धन्यवाद दिए भने आउँदो दिनमा सहयोग गर्नेछौ भन्ने पार्टी कार्यकर्ताहरूलाई आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *