दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउमा हाम्रो पार्टीले जीत हासिल गरे तापनि पार्टी अध्यक्ष अजय एडवर्ड केवल 5 भोटको अन्तरले पराजय बन्न पुगेका छन्। तिनले दार्जिलिङ नगरपालिकाको 22 नम्बर वार्डबाट मोठ 273 भोट पाएका छन् भने विजयी बनेका गोजमुमोका उम्मेद्वार ज्ञाने सिंहले 278 भोट पाएका छन्। यसवाहेक, उक्त वार्डबाट सुष्मा अधिकारी (गिरी) ले 41 भोट अनि पुरण गुरूङले 106 भोट पाएका छन्।
